• १८ भदौ २०८३, बिहीबार
  • ११ः३९ राती

काठमाडौंलाई कुरूप बनाउने होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, हटाउने

प्रकाशित मिति

२०७६ पुष ११ गते, शुक्रबार १०:५२

काठमाडौं, सरकारले राजधानी काठमाडौंलाई कुरूप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायत सामग्री हटाउने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौं महानगरपालिकाको सौन्दर्यता कायम राख्न अव्यवस्थित रूपमा राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायत सामग्री हटाउने निर्णय गरेको हो ।

बैठकमा सुरक्षा निकायका प्रमुख, काठमाडांै महानगरका प्रमुख तथा काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सरोकारवाला निकायको संलग्नता थियो ।सो बैठकमा काठमाडौंलाई सुुन्दर बनाउन महानगरपालिकाको संयोजकत्वमा सडक विभाग, सहरी विकास तथा भवन निर्माण विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि र महानगरीय प्रहरी परिसर काठमाडौको सहभागिता रहने गरी चारवटा समूह बनाएर शुक्रबारदेखि ती सामग्री हटाउन सुरु गर्ने निर्णय भएको काठमाडौंका सीडीओ जनकराज दाहालले जानकारी दिए ।

Kamana Sewa

सर्वोच्च अदालतले १६ भदौ २०७२ मा महानगर क्षेत्रमा रहेका वातावरणीय स्वच्छता र सहरी सौन्दर्यतालाई व्यवस्थापन गर्न फोहारमैला व्यवस्थापन, होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायत सामग्री तत्काल हटाउन सरकारको नाममा आदेश जारी गरेको थियो ।नागरिक दैनिकबाट साभार ।

Classic Tech Desktop

प्रतिकृया