• १९ भदौ २०८३, शुक्रबार
  • १२ः०२ राती

भर्जिनियाकी क्यामिल शियर बनिन्, २०२० को मिस अमेरिका

प्रकाशित मिति

२०७६ पुष ८ गते, मंगलवार १०:५१

एजेन्सी, सन् २०२० को मिस अमेरिका भर्जिनियाकी क्यामिल शियर बनेकी छिन् । मिस अमेरिका वैज्ञानिक पनि हुन् । उनले ड्रग सेफटीको अनुसन्धान गरिरहेकी छिन् । उनी शियर तीन सेलिब्रिटी प्यानल केली रोल्याण्ड, कारामो बा्रउन र लौरेन एसद्धारा मिस अमेरिका छानिएकी हुन् ।

उनले आफ्नो परिचयमा फरमेसि डिग्री लिने बताइन् । उनीसंग अहिले जैव रसायन विज्ञान र सिस्टम बायोलोजीबाट स्नातक डिग्री हासिल गरेकी बताइन् । उनी वर्षभरि लागुऔषधको न्यूनीकरण र रोकथाम गर्न संलग्न हुने गर्छिन् । उनी सामाजिक गतिविधिमा बढी संलग्न रहेको कारण उनले मिस अमेरिका हात पार्न सफल भएकी हुन् । सेलिब्रिटी प्यानल केली रोल्याण्ड, कारामो बा्रउन र लौरेन एसद्धारा उनी मिस अमेरिका छानिएकी हुन् ।

Kamana Sewa

प्रतिकृया