• ६ असोज २०८३, मंगलबार
  • ११ः३१ बिहान

टिपरमा मोटरसाइकल ठोक्किँदा चालक घाइते

प्रकाशित मिति

२०७६ पुष ६ गते, आईतवार ०१:५०

भक्तपुर, भक्तपुरमा टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । शनिबार बेलुकी सुर्यविनायक नगरपालिका–५ चुनदेवीमा गुडिरहेको बा ५ ख ३५६८ नम्बरको टिपरमा बा ३६ प ५५३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ का २० वर्षीय सोनाम तामाङ घाइते भएको भक्तपुर प्रहरीले जनाएको छ ।

National Life

घाइते तामाङको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ भने टिपर र मोटरसाइकल महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया