मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को बाह्रौं साधारण सभा सम्पन्न
प्रकाशित मिति
२०७६ पुष ६ गते, आईतवार ०३:४८
भक्तपुर, मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को बाह्रौं साधारण सभा सम्पन्न भएको छ । शनिबार मेरिगोल्ड ई.स्कुल, बालकोटमा उक्त साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष दिवाकार सिलवालले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक कारोबारको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा शेयर पुँजी अघिल्लो वर्षको तुलनामा १७.७५ प्रतिशतले वृद्धि, बचतमा १४.९६ प्रतिशतले वृद्धि र कर्जा लगानी तथा असुलीमा १९.११ प्रतिशतले वृद्धि भएको उल्लेख गर्नुभएको थियो । संस्थाको आर्थिक वर्ष २०७५/७६ मा कुल आम्दनी रु २,६४,८५,८२५।०० ( दुई करोड चौंसठ्ठी लाख पचासी हजार आठ सय पच्चीस रुपियाँ मात्र ) भएकोमा कुल खर्च रु २,५४,८५,१६८।०० ( दूई करोड चौउन्न लाख पचासी हजार एक सय अर्सठ्ठी रुपियाँ मात्र) हुन गई कुल बचत वा नाफा रु.१०,००,६५६।०० (दश लाख छ सय छप्पन्न रुपियाँ) भएको प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कार्यक्रमका प्रमुख अतिथि बचत तथा ऋण सहकारी संघ, भक्तपुरका कोषाध्यक्ष कान्छाभक्त कजुद्धारा दिपप्रज्वलन गरिएको थियो । संस्थाका उपाध्यक्ष कुवेर श्रेष्ठले स्वागत मन्तव्य गर्नुभएको थियो । वार्षिक प्रगाति प्रतिवेदन संस्थाका सचिव सुमन सिलवालले प्रस्तुत गर्नुभएको थियो त्यसैगरी लेखा समितिको प्रतिवेदन संस्थाका संयोजक भाईकाजी सिलवालले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममाको समापन संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले गर्नु भएको थियो ।
नयाँ सञ्चालक समिति गठनमा अध्यक्षमा बालकुन्द उपाध्याय, उपाध्यक्षमा कुवेर श्रेष्ठ, सचिवमा सुमन सिलवाल, कोषाध्यक्षमा दिवाकर सिलवाल, सदस्यमा हरिबोल न्यौपाने,आरती के.सी. र नविन उप्रेती चयन हुनुभएको छ । लेखा समितिमा संयोजक भाईकाजी खत्री , सदस्यमा राजेन्द्र पाजुली र सबिन सिलवाल हुनुभएको छ ।

कार्यक्रममा जेष्ठ शेयर सदस्य मिठ्ठु सिलवाललाई रु.तीन हजार नगदसहित सम्मान गरिनुका साथै ब्याल्ङ्केट प्रदान गरिएको थियो । त्यसैगरी एस इ.इ. परीक्षा उत्तीर्ण भएका शेयर सदस्यका छोरा छोरी मध्ये सर्वोत्कुष्ठ अंक ल्याउने कृति लामिछानेलाई प्रशांसापत्रसहित तीन हजार नगदले सम्मान गरिको थियो ।
कार्यक्रममा नियमित बचततर्फ प्रियंका पुर्वेल, बाल बचत कृष्णा थापा, ऐच्छिक बचत सिता विश्वाकर्मा, दैनिकी बचत गणेशलाल श्रेष्ठ, आवधिक बचत सरिता कार्की र असल कारोवारमा आत्माराम तामाङलाई मायाको चिनासहित सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, सहकारीकर्मी, शेयर सदस्यलगायतका उपस्थिति रहेको थियो ।







प्रतिकृया