• २३ भदौ २०८३, मंगलबार
  • ६ः३८ बिहान

सांसद बस्नेत: जनताको हरेक समस्याको सारथीको रुपमा नेकपा तथा अनेरास्ववियू सदैब सँगै रहने

प्रकाशित मिति

२०७६ पुष ३ गते, बिहीबार ०८:४६

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मानिसले राम्रो काम गर्दा गर्दै पनि कहिले काँही अप्ठ्यारो तथा समस्या आई पर्यो भने नेकपालाई सम्झन आग्रह गर्दै जनताको हरेक अप्ठ्यारा र समस्याहरुलाई सहजीकरण गर्दै सहजता प्रदान गर्ने उद्घोष गर्नुभएको छ ।

National Life

अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटीद्वारा बुधवार आयोजना गरिएको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत एंव विविध सांस्कृतिक कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरका जनप्रतिनिधि कस्ता रहेछन् भनेर हिनताबोध नहुने गरी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउँदै जनताको हरेक समस्याको सारथीको रुपमा नेकपा तथा अनेरास्ववियू सदैब सँगै रहने बताउनुभयो ।

आधुनिक तथा वैचारिकता अहिलेको आवश्यकता रहेको औल्याउँदै उहाँले विगतको इतिहासमा भएका ठूला ठूला परिवर्तन तथासीमा अतिक्रमण तथा विभिन्न प्रकारका हस्तक्षेत्रको विरुद्धमा अनेरास्ववियूले आन्दोलनको नेतृत्व गरेको स्मरण गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

भक्तपुर नगरपालिकाले भक्तपुर क्याम्पसको विकल्पको रुपमा अन्य क्याम्पसहरु स्थापना गरी नगरपालिकाको असंख्य बजेट खर्च गर्ने गरेको तर भक्तपुर क्याम्पसलाई एक हजार समेत नछुट्याउने प्रवृक्ती नगरपालिकाले गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भक्तपुर नगरपालिकालाई अनुरोध गर्न चाहन्छ, त्यो संकिर्णताबाट माथि उठी यो क्याम्पसलाई समग्र भक्तपुरको शिक्षाको मुल केन्द्रको रुपमा विकास गर्नुको निम्ती व्यवस्थित योजना लिएर आउनुस् । त्यसको निम्ती जस्तोसुकै सहयोग गर्न चाहन्छु ।’

भुकम्प पछि नेकपाको नेतृत्वले दर्जनौं विद्यालयका भवनहरु निर्माण गरेको तर नगरपालिकाले कुनै पहल कदमी समेत नलिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘साँधुरो घेराबाट माथि उठी अघि बढ्नुस्, क्याम्पसको उन्नती र प्रगतिको बाटोमा लाग्नुस् । भविष्य माथि हिलो छ्याप्ने काम नहोस्, यात्रा अध्यारो तर्फ अघि नबढाइयोस् । नगरपालिकाले विद्यार्थीको भविष्य अध्यारो बाटोमा अघि बढाउने कुचेष्ठा भए अनेरास्ववियूले प्रतिवाद गर्न बाध्य हुन्छ ।’

वर्तमान सरकारको नेतृत्वले अमेरिका, युरोप, भारत, चाईनालागतयका मुलुकभन्दा उच्च आर्थिक वृद्धिदर गर्ने मुलुकको रुपमा नेपाल हुन सफल भएको जानकारी गराउँदै उहाँले नेकपाको नेतृत्वको सरकार बनेसँगै नेपालले ७।१ प्रतिशतका दरले आर्थिक वृद्धिदर गरिरहेको छ भने पर्यटकीय गन्तव्यको रुपमा नेपाल सवैभन्दा उत्कृष्ट मुलुकको रुपमा स्थापीत हुँदै गएको समेत बताउनुभयो ।

भारतसँगको व्यापार घाटालाई न्युनिकरण गर्न डिजेल, पेट्रोल, ग्यासको प्रयोगलाई घटाउने विकल्पको खोजी गरी अघि बढ्नु जरुरी रहेको औल्याउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले ग्यास प्रयोग गरेर खाना पकाउने नभई विद्युतको प्रयोग गरेर खाना पकाउने कार्यलाई वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।विकासमा तीन वर्ष अघिको भक्तपुर र तीन वर्ष पछिको भक्तपुर आकाश पताल रुपमा परिवर्तन भएको उल्लेख गर्दै उहाँले भक्तपुरमा साना ठूलो विकासको आयोजनाको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको क्रममा रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ्ग, निर्मल कुमार भट्टराई, डि पी ढकाल, नारायण घर्ती, सुवास तिम्लसिना लगायतले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै अनेरास्ववियूमा गोलबद्ध हुँदै विद्यार्थी हक अधिकार प्राप्तिको लागि रचनात्मक र श्रृजनात्मक गतिविधिहरुमा लाग्न आव्हान गर्दै उज्वल शैक्षिक भविष्य सुनिश्चितताको लागि शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रम आयोजक कमिटीका संयोजक एंव अनेरास्ववियू भक्तपुरका नेता मास बहादुर लामाको अध्यक्ष्यतामा आयोजित कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई खादा र टीका लगाएर विविध सांस्कृतिक प्रस्तुति सहित स्वागत गर्दै कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न गरिएको कार्यक्रम आयोजक कमिटिका सह९संयोजक एंव कार्यक्रम संचालक अनेरास्ववियू भक्तपुरका नेता दिपेश विसुन्केले बताउनु भयो ।

प्रतिकृया