६.८ म्याग्नीच्युडको भूकम्प गयो
प्रकाशित मिति
२०७६ मंसिर ३० गते, सोमबार ०१:०९

एजेन्सी, फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ । यसमा भूकम्पमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ ।
माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यस भूकम्पबाट ज्यान गुमाउन व्यक्तिहरूमा छ वर्षीया एक बालिकासमेत रहेकी जनाइएको छ । अन्य छ जनाको शव भने पदादा सहरमा रहेको व्यापारिक भवन भित्र च्यापिएको अवस्थामा उद्धारकर्ताहरूले सोमबार फेला पारेका स्थानीय पत्रिका ‘फिल्स्टार ग्लोबल’ जनाइएको छ ।
खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछिको पहिलो चार घण्टासम्म १ सय ७९ ओटा पराकम्प गएको पनि उनीहरुले जनाएका छन् ।
Related
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया