• २९ भदौ २०८३, सोमबार
  • ८ः२१ राती

यातायात व्यवस्था कार्यालयको पार्किङका लागि गुण्डुमा व्यवस्था गरिने छः सांसद बस्नेत

प्रकाशित मिति

२०७६ मंसिर ३० गते, सोमबार १२:२६

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जगातीमा रहेको यातायात व्यवस्था कार्यालयलाई पार्किङको समस्या रहेकाले त्यसलाई समाधान गर्न नगरपालिकाले गुण्डुमा जग्गाको व्यवस्था गर्ने निर्णय भइसकेको जानकारी गराउनुभएको छ ।

National Life

प्रदेश नं ३ सरकारको स्वीकृत योजना अन्तर्गत विनियोजित रु १ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं ७ तिथली मगर गाउँ सडक विस्तार तथा स्तरोन्नतीको शिलान्यास कार्यक्रममा उहाँले समपुरक बजेटको माध्यमबाट उक्त कार्यको लागि प्रदेश सरकारबाट एक करोड तथा नगरपालिकाबाट एक करोड बजेट विनियोजन गर्ने तयारी भइरहेको जानकारी गराउनुभएको हो ।

कार्यक्रममा सांसद बस्नेतले वर्तमान समय विकास र समृद्धिको साथमा तिव्र आर्थिक बृद्धिदर गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने समय भएकाले वर्तमान अवस्थालाई पुरानो इतिहासको ब्याज खाएर उफ्रने नभई नयाँ इतिहासको निर्माण गर्ने यात्रामा दौडनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विगतमा लामो समयसम्म भक्तपुरमा नेतृत्व गर्ने जनप्रतिनिधिका कारण विकासबाट जनता टाढा भएको उल्लेख गर्दै अबका दिनमा भक्तपुर विकासमा बत्ति मुनीको अध्यारो हुनु नपर्ने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

भक्तपुर विकासको पहरेदार वर्तमान जनप्रतिनिधि रहेको उल्लेख गर्दै उहाँले तीनवटै सरकारसँग पुलको रुपमा काम गरी समन्वय र सहकार्य गरी जनताको आवश्यकता तथा चाहना अनुसारका विकासको पुलको रुपमा काम गर्ने उद्घोष गर्नुभयो ।

विकासको लागि पहलकर्ता अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले हिमचोकको सडकलाई यो आर्थिक वर्षमा ३ करोड बजेट विनियोजन भएको जानकारी गराउनुभयो । उहाँले हात्ती गैडा एरियालाई खेलकुद तथा मर्नीङ वाल्कको क्षेत्रको रुपमा विकास गर्ने योजना अनुरुप वातावरण विभागबाट एक करोड बजेट छुट्याइएको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद शसी जंग थापा, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, वडाध्यक्ष रवीन्द्र सापकोटालगायत उपस्थिति रहेका थिए ।

 

प्रतिकृया