• 2:39 am

संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति भण्डारीलाई सिफारिस

प्रकाशित मिति

२०७६ मंसिर २४ गते, मंगलवार ०१:२३

काठमाडौँ, मन्त्रिपरिषदले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । सोमबार बसेको बैठकले संसदको हिउँदे अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई पत्र पठाएको हो ।

यस हिउँदे अधिवशेनले नयाँ सभामुख समेत चयन गर्नुपर्नेछ । गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

प्रतिकृया