• ३० भदौ २०८३, मंगलबार
  • १ः१९ दिउँसो

कोहलपुरमा कर्फ्यू लाग्यो

प्रकाशित मिति

२०७६ मंसिर २२ गते, आईतवार ०४:५६

बाँके, कोहलपुरमा ट्रकले बिद्यार्थीलाई ठक्कर दिएपछि प्रदर्शन चर्किएकोले कर्फ्यू लागेको छ । ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्। यही घटनालाई लिएर भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि आइतवार दिउँसो ३ बजेदेखि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको हो ।

National Life

कोहलपुरलाई केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको छ ।विद्यार्थीहरुले ठक्कर दिने ट्रकसमेत जलाएका थिए। प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको छ। ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएको छ । झडपका क्रममा २५ जना विद्यार्थी र प्रहरी घाइते भएको बताइएको छ। भीड नियन्त्रण नभएपछि कर्फ्यू जारी गरिएको छ ।

प्रतिकृया