रोकिएको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
प्रकाशित मिति
२०७६ मंसिर २१ गते, शनिबार ११:४७

दाङ, दाङमा रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । शुक्रबार राति रा २ प १९५० नम्बरको मोटरसाइकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा घोराही उपमहानगरपालिका–८ का १९ वर्षीय रेशम वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरमा ठोक्किँएर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, मोटरसाइकलको पछाडि सवार घोराही उपमहानगरपालिका–१० का १८ वर्षीय अमृत चौधरी घाइते भएका छन् । घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Recent News
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट
प्रतिकृया