• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

भुटानसंग नेपालको फराकिलो जित, शतक प्रहार गरेका कप्तान मल्ल म्यान अफ द म्याच

प्रकाशित मिति

२०७६ मंसिर १९ गते, बिहीबार ०१:१८

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत टी – २० क्रिकेटमा नेपाल विजयी भएको छ। कीर्तिपुरस्थित टियु मैदानमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपाल विजय भएको हो।

पहिले ब्याटिङ गर्दै नेपालले भुटानलाई २ सय ३७ रनको चुनौती दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको भुटानले २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ९५ रन बनाउन सक्यो।भुटानका लागि आरएम दोर्जेले सर्वाधिक २७ मात्रै बनाउन सके। नेपालका लागि पारस खड्‍काले दुई विकेट लिँदा करण केसी, ललित राजवंशी र पवन सरार्फले एक–एक विकेट लिएका थिए।

Kamana Sewa

नेपाललाई विजयी गराउन कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले। उनले ५५ बलमा १०७ रन बनाए। यस्तै, पारस खड्काले ५७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ४५ रन बनाएका थिए। कप्तान ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित भए।

Classic Tech Desktop

प्रतिकृया