• ३१ भदौ २०८३, बुधबार
  • ६ः२० बेलुका

डोटीको दुई स्थानमा बम फेला, नेपाली सेनाद्धारा बम निष्क्रिय

प्रकाशित मिति

२०७६ मंसिर १४ गते, शनिबार ११:२२

डोटी, डोटीका दुई छुट्टा छुट्टै स्थानमा फेला परेका बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । डोटीको आदर्श गाउँपालिका–२, कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको हो ।

National Life

कुचेडामा भेटिएको प्रेसर कुकर बम शनिबार बिहान २ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । त्यस्तै, आदर्श गाउँपालिका–२ को कानेगडामा भेटिएको अर्को बम पनि नेपाली सेनाको टोलीले शनिबार बिहान ९ बजे डिस्पोज गरेको छ ।

आदर्शनगर–२ मा भइरहेको निर्वाचनलाई लक्ष्य गरेर बम विस्फोट गराइएको बुझिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया