• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

सरकार नछाडेसम्म समाजवादी पार्टीसँग एकता हुँदैन :संयोजक महतो

प्रकाशित मिति

२०७६ मंसिर १० गते, मंगलवार १२:३९

काठमाडौँ, राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकार नछाडेसम्म समाजवादी पार्टीसँग एकता नहुने बताउनु भएको छ ।

मंगलबार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँग कुराकानीका क्रममा समाजवादी पार्टी सरकारबाट बाहिरिए राजपा सरकारमा जाने त्रासका कारण उपेन्द्र यादवले मन्त्री पद नछोडेको आरोप लगाउदै उहाँले कुनैपनि हालतमा राजपा अहिले सरकारमा नजाने दाबी गर्दे भन्नुभयो भन्नुभयो, ‘पहिचानवादी शक्तिबीचको एकताको आवश्यकता महसुस गरेर आफूहरु समाजवादी पार्टीसँग एकताको प्रयास गरेको र सो पार्टी जबसम्म सरकारबाट बाहिर निस्कँदैन तबसम्म एकता सम्भव हुँदैन ।’

Kamana Sewa

प्रतिकृया