• ४ साउन २०८३, सोमबार
  • ७:१८ बेलुका

राप्रपा निकट विद्यार्थी संगठनका जिल्ला कमिटी नेकपा प्रवेश

प्रकाशित मिति

२०७६ मंसिर १० गते, मंगलवार ११:३२

भक्तपुर, राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन भक्तपुर जिल्ला कमिटी अध्यक्ष प्रतिक लामिछानेको नेतृत्वमा कमिटीका पदाधिकारी एवं सदस्यहरु सोमबार नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्रक पार्टी कमल थापा निकट उक्त विद्यार्थी संगठन जिल्ला कमिटी प्रबक्ता सन्दिप गिरी, जिल्ला कमिटी सदस्यहरु आशिष लामिछाने, स्वरुप काफ्ले, पुजन लामिछाने, सौरभ ढुंगाना, बिबश गिरी, रोशन बस्ताकोटी, अस्मित खडका र मणिराज गिरी लगायत युवाहरु नेकपामा प्रबेश गरेका छन ।

Kamana Sewa

नेकपाका केन्द्रिय सदस्य भक्तपुर सहइन्चार्ज एवं चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्र, ३ नं। प्रदेश कमिटी सचिवालय सदस्य राजेन्द्र राजथला, आगामी १४ गतेको उपनिर्वाचनका नेकपाका उम्मेदवार डिपी ढकालले उनीहरुलाई टिका, माला लगाईदिएर पार्टी प्रवेश गराउनु भएको थियो ।

Classic Tech Desktop

दुईदिन अघिमात्रै पार्टी प्रवेश कार्यक्रममा जिल्लामा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा तथा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका गरि ४०० भन्दा बढी युवाहरुले एकैपटक सांसद महेश बस्नेतको हातबाट टीका, माला तथा खादा लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।

आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं। १ प्रदेश ९क० मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनको संघारमा विभिन्न पार्टीमा सक्रिय रहेका व्यक्तिहरु पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गर्नेहरुको लर्को चलेको छ । यो संगै नेकपाका उम्मेदवार ढकालले अत्याधिक बहुमतका साथ विजयी हुने निश्चित भएको नेकपा अध्यक्ष बचन देउजाले दाबी गर्नुभयो ।

प्रतिकृया