• २४ भदौ २०८३, बुधबार
  • ५ः५० बेलुका

चिनियाँ राजदूत होऊ याङछी र ऊर्जामन्त्री पुनबीच भेटवार्ता

प्रकाशित मिति

२०७६ मंसिर ८ गते, आईतवार ०२:३६

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियाँ राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ । अइताबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा द्धिपक्षीयबीच भेटवार्ता भएको हो । द्धिपक्षीय भेटवार्ता आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाइएको छ ।

National Life

उक्त भेटवार्तामा मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै भ्रमणका क्रममा नेपाल–चीनबीच एक वर्षभित्र उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाइ कार्यान्वयन गर्ने समझदारी भएको र सो समझदारीलाई अघि बढाउने विषयमा समेत छलफल भएको छ ।

मन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । भेटमा चिनियांँ राजदूत यान्छीले चीन उर्जा क्षेत्रमा सहकार्यका लागी इच्छुक रहेको भन्दै उहाँले चिनियाँ कामदारले व्यहोरिरहेका भिषाको समस्या, लगानीकर्ताका नीतिगत समस्या र विजुलीको दररेटजस्ता समस्या समाधानमा ऊर्जामन्त्रीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया