अनन्तलिङ्गेश्वर मन्दिरको नयाँ कार्यसमिति गठन
प्रकाशित मिति
२०७६ मंसिर ८ गते, आईतवार ११:३७
भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित श्री अनन्तलिङ्गेश्वर महादेव संरक्षण तथा विकास समितिले शनिवार दोश्रो साधारण सभा सम्पन्न गरेको छ । सालिग्राम न्यौपानेको अध्यक्षतामा पदाधिकारी सहित २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
साधारण सभाले सह अध्यक्ष देवीप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष बलदेव थापा, उपाध्यक्षहरु रामप्रसाद न्यौपाने, मधुसुदन खड्का, बच्चेबहादुर गिरी, मनकराम थापा तथा उद्धव बस्नेत सहित महासचिव राजु लुबन्जार, सह सचिव अर्जुन खतिवडा तथा कोषाध्यक्ष पविता श्रेष्ठलाई चयन गरिएको छ ।

यसैगरी नयाँ कार्यसमितिमा दिलबहादुर खत्री, सुशील कार्की, श्याम बोगटी, रामकला राउत, देवकुमारी जंगम, कृष्ण जंगम, हरिबहादुर बस्नेत, बन्दना खड्का, सहदेव न्यौपाने, इन्द्रबहादुर राजथला, अमिर थापा तथा नारायण खड्का सदस्य चयन भएका छन् ।

साधारण सभामा समितिका सचिव रामप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको प्रगति विवरण तथा कोषाध्यक्ष उद्धव बस्नेतले प्रस्तुत गर्नुभएको आर्थिक विवरण सर्वसम्मतिले पास गरिएको थियो ।




प्रतिकृया