पशुपतिमा आउने भक्तजनसँग शुल्क लिएमा कारवाही गरिने
प्रकाशित मिति
२०७६ मंसिर ७ गते, शनिबार ०३:१९
काठमाडौँ, बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने गरेकामा केही संस्थाले ठाउँ लिएर पैसा उठाउने गरेका थिए । यसरी शुल्क उठाउने संस्थाले रसिदसमेत नदिने गरेको गुनासो भक्तजनको थियो ।
कोषका सदस्यसचिव डा. प्रदीप ढकालले भक्तजनको गुनासोलाई ध्यान दिएर पशुपति क्षेत्रका विभिन्न स्थानमा बत्ती बाल्न आउने भक्तजनसँग शुल्क नलिन सम्बन्धित सबैलाई निर्देशन दिइएको बताउनुभयो ।
उहाँले कुनै संस्थाले भक्तजनसँग शुल्क लिएको पाइएमा कारवाही गरिने बताउनुभयो । भक्तजनको सुविधाका लागि नेपाली सेनालगायत सुरक्षा निकाय एवं विभिन्न संस्थासँग पाल लिएर पशुपति क्षेत्रका विभिन्न स्थानमा पाल हालिएको छ । बाला चतुर्दशी पर्वका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको कोषले जनाएको छ । बेलुकीको समयमा महिला भक्तजनको सुरक्षामा विशेष ध्यान दिइएको जनाएको छ ।






प्रतिकृया