• २५ भदौ २०८३, बिहीबार
  • ३ः३७ दिउँसो

विप्लवका नेता पक्राउ गर्न अदालतद्धारा पुर्जी जारी

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार ०४:२१

अछाम, सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका अछाम जिल्ला सेक्रेटरी भरत मल्ललाई पक्राउ गर्न कैलाली जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। कैलालीको धनगढीमा भएको बम काण्डमा संलग्न भएको आरोपमा कैलाली जिल्ला अदालतले कात्तिक १४ गते ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी बझाङको केदारस्युँ गाउँपालिका–४ बाझस्थित मल्लको घरमा आइतबार टाँसिएको छ।

National Life

गएको साउन २ गते साँझ धनगढीमा भएको शक्तिशाली बम विस्फोटमा संलग्न भई सांगठनिक अपराध गरेको आरोप मल्ललाई लगाइएको छ। पक्राउ पुर्जीमा भनिएको छ, ‘बाटाको म्यादबाहेक ३५ दिनभित्र आफैँ वा पक्राउ पुर्जीबमोजिम पक्राउ भई यस अदालतमा हाजिर हुन आउनुभएमा तपाईको व्यहोरासमेत बुझी कानुनअनुसार कारबाही हुनेछ। ’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया