• २६ भदौ २०८३, शुक्रबार
  • ९ः२३ राती

नेपाली भूमिबाट सेना फिर्ता लैजानुस भन्दै प्रधानमन्त्री ओलीले गरे भारतसंग आग्रह

प्रकाशित मिति

२०७६ मंसिर १ गते, आईतवार ०२:१८

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अरूको भुमि एक ईन्च पनि नमिच्ने र आफ्नो भूमि पनि कसैलाइ मिच्न नदिने बताउनु भएको छ ।

National Life

आइतबार काठमाडौँमा नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले मिचेको भुमि फिर्ता गर्नु पर्ने बताउदै जसरी पनि सरकारले नेपाली भूमि भारतसंग फिर्ता गराएरै छोड्ने बताउनु भएको छ ।

प्रधानमन्त्री ओलिले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताउँदै नेपाली भुमि कसैलाई एक इन्च नदिने बताउनुभयो । कालापानीमा भारतले आफ्नो सेना खटाएकोमा अपत्ति जनाउदै सेना फिर्ता लैजान भारत सरकारलाई आग्रह गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले भन्नुभयो, ‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ । अरुको जमिन चाहिदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् । सरकार सम्वाद गर्न नसक्ने अवस्थामा छैन र विदेशी फौज फिर्ता गराउछ । सीमा अहिले मिचिएको होइन । तर यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं ।’

केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताउनुभयो ।

प्रतिकृया