• २९ भदौ २०८३, सोमबार
  • ३ः०४ दिउँसो

भारतले जारी गरेको नयाँ नक्साबारे नेविसंघद्धारा विरोध प्रदर्शन

प्रकाशित मिति

२०७६ कार्तिक २७ गते, बुधबार ०४:३०

काठमाडौँ, नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतले जारी गरेको नयाँ नक्साबारे विरोध प्रदर्शन गरेको छ । बुधबार नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा नेपाल टार, बाइपास, माछापोखरीक्षेत्रमा भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेको हो ।

National Life

नेविसंघ निवर्तमान केन्द्रिय सदस्य सुशिल भट्टको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा नेविसंघका नेताहरू निरन्जन थापा, इश्वर अधिकारी, पवन थापा, सन्तोष गुरुङ, सुबास घिमिरे, स्वेच्छा उप्रेतीलगायतका विद्यार्थी तथा स्थानीयबासीको उपस्थिति रहेको थियो ।नेपालटार ग्रामिण र एन आर कलेजबाट सुरु भएको विरोध र्याली बालाजु परिक्रमापछि क्याम्पसमै पुगेर समापन भएको थियो ।

प्रतिकृया