• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

उम्मेदवार भँडेललाई जिताउन भक्तपुर तरुण दलले सबै प्रकारको सहयोग गर्ने

प्रकाशित मिति

२०७६ कार्तिक २६ गते, मंगलवार ११:३६

भक्तपुर, नेपाल तरुण दल भक्तपुर जिल्ला कार्यसमितिले नेपाली कांग्रेसको प्रदेशतर्फका उम्मेदवार कृष्णलाल भँडेललाई विजयी बनाउन सबै प्रकारको सहयोग गर्ने निर्णय गरेको छ । भक्तपुरमा सोमबार बसेको तरुण दलको बैठकमा अध्यक्ष राजु थापाले उपनिर्वाचन नेपाली कांग्रेसका लागि जीवनमरणको सवाल रहेको बताउनुभयो ।

उहाँले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारबाट जनता आजित बनेको भन्दै सरकारलाई सहि बाटोमा ल्याउनका लागि पनि उपनिर्वाचन जित्नुपर्ने बताउनुभयो । अध्यक्ष थापाले काठमाडौं उपत्यकाभित्र हुन लागेको उपनिर्वाचनलाई देशैभरिबाट चासोका रुपमा हेरिएको भन्दै प्रचार प्रसारमा खटिन निर्देशन दिनुभएको थियो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया