• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

६ पार्टी सम्मिलितसंयूक्त राष्ट्रिय आन्दोलनको माग : भारतले आफ्नो रवैया तत्काल सच्याई असल छिमेकीको कर्तव्य पूरा गरोस्

प्रकाशित मिति

२०७६ कार्तिक २६ गते, मंगलवार १०:२२

काठमाडौं, नेकपा (माले), नेपाली कांग्रेस (वी.पी.) , नेपाल समाजवादी कांग्रेस, जन समाजवादी पार्टी, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी) र जनताको प्रजातान्त्रीक पार्टी सम्मिलित संयूक्त राष्ट्रिय आन्दोलनले लिपुलेक, कालापानी लगायत भारतसँगको सीमा विवाद हल गर्नको लागि सरकारले गम्भिर पहल गर्नुपर्ने बताएको छ । ६ पार्टीले एक स्वरमा मुलुकको स्वाधिनता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि दृढता पूर्वक उभिई सम्पूर्ण देश वासीको भावना र चाहानालाई पुरा गर्न सबै दलहलार्ई साथलिई तत्काल यो समस्याको समाधान गर्न सरकारसँग जोडदार आग्रह गरेका छन् ।

उनीहरुले भारतले जारी गरेको नक्सामा लिम्पिया धुरा, कालापानी र लिपुलेक सम्मको समग्र कालापानी क्षेत्रमा पर्ने नेपालको भू–भागलाई भारतमा गाभी आफूहरुको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता माथि ठाडो अतिक्रमण गरेको पनि टिप्पणी गरेका छन् । संयूक्त राष्ट्रिय आन्दोलनले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मुलुकको स्वाधिनता, सार्वभौमिकता र अखण्डता रक्षागर्नु प्रत्येक देशका नागरिक र सरकारको अहम् कर्तव्य भएको उल्लेख गर्दै भनेको छ,‘हामीभारत सरकारको यस्तो रवैयाको तिव्र विरोध गर्दछौ र यसलाई तत्काल सच्चाई असल छिमेकीको कर्तव्य पुरा गर्न जोडदार माग गर्दछौ ।’

Kamana Sewa

६ वटै पार्टीका अध्यक्षहरुको नाममा हस्ताक्षरित संयुक्त विज्ञप्तीमा थप भनिएको छ,‘हामीभारत सरकारलाई यो पनि स्मरण गराउन चाहान्छौ । नेपाल परापूर्वकालदेखी सदा सर्वदा स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा रहदै आएको छ । कसैको अधिनस्थता र साम्राज्यलाई स्वीकार गरेको छैन र गर्ने पनि छैन । साथै छिमेकी लगायत अन्य मुलुकको स्वाधिनता र अखण्डतालाई सधै हार्दिकता पूर्वक सम्मान गर्दै आएको छ र गरि रहनेछ । यो हाम्रो गौरवपूर्ण अतितलाई हामी वर्तमान र भविष्य बनाउन सम्पूर्ण नेपाली जनता संकल्पबद्घ छौं । यसका लागि जस्तो सुकै कठिनाई व्यहोर्न तयार छौं भन्ने कुराको ज्वलन्त उदाहरण केहीवर्ष अगाडि भारतले लगाएको अघोषित नाकाबन्दीमा नेपाली जनताले देखाएको एकता, दृढता र सहनशिलतालाई भविष्यमा विश्व गुरु बन्ने सपना बोकेको भारत सरकारले स्मरण गर्दा उसको विवेक र चेतको क्षितिज फराकिलो होला भन्ने हामी स्मरण गराउन चाहान्छौ ।’

Classic Tech Desktop

संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपीशर्मा ओलीले भर्खरै आह्वान गरेर सम्पन्न सर्वपक्षीय बैठकको भने समर्थन गरेको छ । विज्ञप्तीमा थप भनिएको छ,‘ढिलै भए पनि यही कात्र्तिक २३ गते संसदमा रहेकादलहरु समेतको सर्वपक्षिय बैठकले भारत द्घारा गरिएको नेपालीभुमी अतिक्रमणको विरोध गर्ने साथै कुटनैतिक र राजनैतिक माध्यमबाट तीनलाई फिर्तालिने अभुतपूर्व सहमति र एकता प्रदर्शन गरेका छन् जस्लाई हामी दृढ सर्मथन गर्दछौ । यीनको कार्यान्वयन गर्ने जिम्मेवारी वर्तमान सरकारको हो तर नेपाल सरकारले विगत कालदेखि प्रदर्शित गर्दै आएको ढुलमुले निती र व्यवहार प्रति गम्भीर आपत्ति र विरोध जनाउदै संयूक्त राष्ट्रिय आन्दोलनमा संगठित हामी दलहरु सम्पूर्ण देशवासीको भावना र चाहानालाई पुरा गर्न दृढतापूर्वक निरन्तर रुपमा आन्दोलित भैरहने प्रतिवद्घता व्यक्त गर्दछौ । साथै आफ्नो मुलुकको स्वाधिनता, सार्वभौमिकता र अखण्डताको रक्षाकालागि दृढता पूर्वक उभिई सम्पूर्ण देशवासीको भावना र चाहानालाई पुरा गर्न सबै दलहरुलार्ई साथलिई तत्काल यो समस्याको समाधानगर्न सरकारसँग जोडदार आग्रह गर्दछौ।’

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माले) का महा सचिव तथा पूर्व उप प्रधानमन्त्री सि.पि. मैनालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आउँदा नेपाली भूमी लिपुलेक,कालापानी र लिम्पिया धुराक ाबारेमा बैठक बस्ने भनेता पनि आजसम्म बैठक बस्न नसकेकोमा गुनासो पोखे । उनले नेपालको ७१ वटा सीमामा अतिक्रमण भएको र ३७१ क्षेत्रफलमा रहेको नेपाली भूमी भारतले कब्जा गरेको दाबी गरे । उनले भने,‘नेपालको आफ्नो जग्ग ासंरक्षणका लागि हामी सरकारको साथमा छौँ । अहिले भारतको नक्सामा कैद भएकाती भूभाग नेपालको हो ।’ उनले भारतले कब्जा गरेको जमिनलाई फिर्ता गर्न सरकारसँग आग्रह गर्नुका साथै सामाजिक न्यायका आधारमा सामाजिक पूँजीलाई संरक्षण गर्न देशभक्तहरुलाई आग्रह गरे।

त्यस्तै, नेपालीकाग्रेस (वी.पी.) का सभापति हरिबोल भट्टराईले देशभक्त र राष्ट्रभक्त एक हुनुपर्नेमा जोड दिएका छन् । उनले वर्तमान सरकारको लापर बाहीका कारण भारतले नेपालको जमिनकब्जा गरेको गम्भिर आरोप लगाए । साथै, सत्तारुढ दलका नेताहरुले जातीयता, क्षेत्रीयता जस्ता कुराहरु उठाएर देशलाई बर्बाद बनाएको पनि उनको गम्भिर टिप्पणी छ । उनले भने,‘यो नालायक सत्ता जहिले सम्म रहन्छ तबसम्म देश डुब्ने खतरा छ ।’ भट्टराईले नेपालको जमिन फिर्ता गर्नका लागि आफूहरु आन्दोलनमा उत्रिएको र आफूहरुलाई ‘सत्तानभएर देशचाहिएको’ कुरा स्पष्ट पारे ।

उनले थपे,‘नेताहरुको नियतनै खोटी भएको र नेपाललाई कसरी हड्प्ने भन्ने छिमेकीको कुनियतपूर्ण गठबन्धनमा लागेका छन् हाम्रा नेताहरु । राणा शासन कालमा नेपालको जमिन संरक्षण थियो । तर, अहिले क्रान्तिकारी भनाउँदा नेताहरुले आन्तरीक र बाह्य रुपमा देशलाइृ तहसनहस पारे ।’ भट्टराईले मुलुकलाई आर्थिक–सामाजिक रुपले सुदृढ पार्नका लागि आफूहरुको आन्दोलन जारी रहेको बताए । स्वस्थ राजनीति र सुशासनले देशलाई सुदृढ पार्ने विपीको विचारमा आफ्नो पार्टी पूर्ण कट्टीबद्ध रहेको पनि उनले विश्वास दिलाए ।

त्यस्तै, जनसमाजवादी पार्टीका अध्यक्ष सुवास राज काफ्लेले नेपाल माथि लागेको चोट सम्पूर्ण छोराछोरी मिलेर ठीक पानुपर्ने बताए । छिमेकीले नाङ्गो व्यवहार देखाउँदा पनि सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ । उनले भने,‘वर्तमान सरकारले क्यालेण्डर र रोडम्याप बिना काम गरिरहेको हुँदा छिमेकीले आँखा गाढेको हो, भारतल ेविश्वसामु नेपाली जमिनलाई आफ्नो हो भनी चिनाएको छ । भारतले नेपालसँग रावणको व्यवहार गरेको छ ।’

उनले नेपाल विस्तार वादीहरुसँग लड्न सधैं तयार भएको र पूर्खाहरुको देनलाई जोगाउन सदैब लागिपर्ने बताए । ‘सरकार चुनाव रोकेर भए पनि जमिन फिर्ता गर्छु भन्छ । तर,कतै आफ्नो सत्ता लम्ब्याउने हिसाबले भनेको त हैन’उनले प्रश्न गरे । उनले सरकारलाई नेपालको जमिनफिर्ता ल्याउननसके सत्ता छोड्न चेतावनी पनि दिएका छन् । काफ्लेले भारतद्वारा कब्जा गरिएको जमिनमा कडा सुरक्षा व्यवस्थागर्न पनि सरकारसँग माग गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल सर्वाहारा कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष भावना बिद्रोहीले सरकारले ज्यादती, लज्जास्पद, हस्तक्षेप, मिचाह व्यवहार गरेको हुँदा आफूहरु आन्दोलनमा उत्रिनु परेको बताइन् । त्यस्तै, उनले भारतले नेपालमा राजनीतिक हस्तक्षेप,बलात्कार, चोरी–डकैती जस्ता घट्नाहरु घटाइरहेको पनि आरोप लगाईन् । उनले सबै भन्दा पहिले भारतको इशारामा चल्ने सत्तारुढ दलका नेताको ढोका ढोकामा जाने चेतावनी दिईन् । त्यस्तै, उनले नेपाल स्थित ्भारतीय दुतावास घेर्ने र अन्तिममा विस्तारवादसँग लड्ने आफूहरुको कार्यक्रम रहेको उद्धघोष गरिन् ।

जनताको प्रजातान्त्रिक पार्टीका अध्यक्षध नश्याम भण्डारीले कुटनीतिक रुपमा भारतले कब्जा गरेको नेपालको जग्गा फिर्ता गर्ने बताए । नेपालमा अथाह विकासका सम्भाव्यताहरुलाई छिमेकीले गिद्धेनजर लगाएको उनको आरोप छ । छिमेकी मुलुक मात्र नभएर विश्वले नै नेपाललाई गिद्धे नजरले हेर्ने गरेको हुँदा नेपालीहरु चनाखो हुनुपर्नेमाउनले जोड दिए ।

नेताहरुले देशलाई नस्ट बनाउँदै लगेकोमा उनले दुःख पोखे । उनले भने,‘तर, हाम्रा नेताहरुले जनतालाई झुठा भाषण र आश्वास नदिएर आफूहरु आलिसान महल बनाउने काम गरिरहेका छन् ।’

नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले भारतले नेपालको सार्वभौमिकता र स्वाधिनता माथि धावा बोलेको बताए । ‘सत्तामा बस्ने शासकहरु सिंगापुरमा क्याविनेट बस्छन् के कारणले’–उनको प्रश्नथियो । ‘कि लिपुलेक, लिम्पियाधुरा,काला पानीलाई भारतमा गाभ्न बसेको थियो ?’–उनले फेरी भने । सानो देश भएको कारण आफूहरुलाई छिमेकीले नहेपोस् भन्ने उनको अभिव्यत्ति थियो । उनले भने,‘फेरी हामीले मिसाइल बनाएर छिमेकी मुलुकसँग युद्ध गर्न बाध्य नपारोस् ।’निरौलाले नक्सा सच्याउन भारतलाई नेपाल सरकारले जोड दिर्नुपर्ने बताए । उनले भने,‘लिपुलेक, लिम्पियाधुरा,कालापानी नेपालकै हो ।’ साम्यवादी शासक बसेको ठाउँमा राजा पृथ्वी नारायण शाहले उक्त जमिन भारतलाई दिएको हो भने प्रमाण पेश गर्न पनि उनले चूनौति दिए । उनले वर्तमान शासनको अन्त्य र नयाँ शासनको सुरुवात गर्नुपर्ने धारणा राखे ।

प्रतिकृया