उपनिर्वाचनका लागि ६४ उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
प्रकाशित मिति
२०७६ कार्तिक २५ गते, सोमबार ०१:५५
काठमाडौं, निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि प्रतिस्पर्धामा रहेका ६४ जनालाई चुनाव चिह्न प्रदान गर्ने भएको छ । आइतबार अन्तिम नामावली प्रकाशन गर्दै आयोगले उनीहरुलाई आज चुनाव चिह्न प्रदान गरिने जनाएको हो ।आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै प्रतिनिधिसभा सदस्यतर्फ एक र प्रदेशसभा सदस्यको तीन रिक्त स्थानका लागि ५५ जना पुरुष र नौ महिला उम्मेदवार गरी कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा प्रतिनिधिसभा सदस्यतर्फ मनोनयन दर्ता भएका विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र ११ मध्ये स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएका छन् । उनको उम्मेदवारी फिर्तालगत्तै २१ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा विभिन्न राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।





प्रतिकृया