• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

नेकपाका उम्मेदवार ढकालद्धारा चुनावी प्रतिवद्धता सार्वजनिक

प्रकाशित मिति

२०७६ कार्तिक २५ गते, सोमबार १२:०७

भक्तपुर, मंसिर १४ गते हुने उपनिर्वाचनको लागि भक्तपुर निर्वाचन क्षेत्र नं.१ (क) प्रदेश सभाको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार देवी प्रसाद ढकाल (डिपी)ले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ । प्रदेश सभा उपनिर्वाचनका सम्बन्धमा नेकपा जिल्ला कमिटीद्धारा आयोजित पत्रकार सम्मेलन उहाँले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो ।

उहाँले संघिय सरकारले देश विकासको मार्गचित्रलाई शिरोधार्य गर्दै भक्तपुरको विकास र समृद्धिको ढोकालाई सधैंको लागि खुल्ला गर्ने गरी आफ्नो चुनावी प्रतिवद्धता आफ्ना क्षेत्रका मतदातासँग प्रस्तुत गर्नुभएको छ ।

Kamana Sewa

उहाँले प्रतिवद्धताहरुमा विशेष गरी भौतिक पूर्वाधारमा विशेष महत्वका साथ अघि बढ्ने, सडक सञ्जालको विस्तार तथा स्तरउन्नती गर्ने, ढल व्यवस्थापन गर्ने, प्रत्येक घरधुरीमा खानेपानीको व्यवस्थापन गर्ने, पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने, सरकारको योजना तथा सपना पुरा गर्ने आवश्यक सम्पूर्ण कार्य एकतावद्ध रुपमा अघि बढ्ने, सिंहदरवारको पहुँचलाई सहज बनाउने लगायतका विकास प्रतिको जनताको चाहना र आवश्यकतालाई क्रमिक रुपमा पुरा गर्दै लजाने प्रकारका प्रतिवद्धता प्रस्तुत गर्नुभएको छ ।

Classic Tech Desktop

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उपनिर्वाचनमा कुनै पनि नेकपाको प्रतिस्पर्धीले जनताको पक्षमा विकास र समृद्धिको काम नगर्ने अनि अरुले गरेको विकास र समृद्धिको कार्यलार्ई आफुले गरेको भनि गलत विस्लेषण गरी जनताको माझमा प्रस्तुत नहुन आग्रह गर्नुभएको छ ।

भक्तपुरका आम जनताले भ्रमको खेती टिक्न नदिने बताउनुभयो । निर्वाचनको सम्पूर्ण तयारी पुरा भईसकेको साथै उपनिर्वाचन सकेसम्म कम खर्च तथा मितव्ययी तवरले अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो । भक्तपुरमा पार्टी भित्र कुनै अन्तरविरोध नभएको, एकताबद्ध र एढिक्का भई अघि बढेको जानकारी गराउँदै दलले जनताका प्रतिनिधि दलमार्फत उम्मेदवार पठाउने बताउँदै उहाँले चाँगुनारायण नेकपाले उपनिर्वाचन जित्ने बलियो आधार भएको ठाउँ रहेको स्पष्ट पार्नुभयो ।

नकरात्मक ढंगले चुनावलाई प्रतिस्पर्धा नभई सकरात्मक, हार्दिकताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले अनावश्यक इसुहरुलाई प्रोपोकाण्डको रुपमा उठाउने हो भने नेकपाले प्रतिपर्धि दलहरुलाई अवाश्यकता अनुसार प्रतिवाद गर्न तयार रहेको समेत स्पष्ट पार्नुभयो । डिपी ढकाल पछाडि बेन्चमा बसेर सरकारको विरोध गर्ने नभई सरकारको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता भएको व्यत्ती रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले जनताको चाहना अनुसारको विकासको पहरेदार पार्टी नेपालको एकमात्र पार्टी नेकपा भएको दावी गर्नुभयो ।

प्रतिकृया