• ४ साउन २०८३, सोमबार
  • ७:५७ बेलुका

भारतीय राजदूत पुरीसँगको टेलिफोन वार्ताबारे प्रेस वक्तव्यमा उल्लेख गरेकाले सभापति देउवासंग भारत असन्तुष्ट

प्रकाशित मिति

२०७६ कार्तिक २२ गते, शुक्रबार ०३:५३

काठमाडौं, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भारत असन्तुष्ट भएको छ । भारतले हालै सार्वजनिक गरेको नक्शाका विषयमा देउवाले भारतीय राजदूत मंजिब सिंह पुरीसँग टेलिफोन वार्ता गरेको विषय प्रेस वक्तव्यका रुपमा उल्लेख गरेपछि भारत असन्तुष्ट भएको हो । विदेशी राजदूतसँगको अनौपचारिक टेलिफोन वार्तालाई पार्टी प्रवक्ताले प्रेस वक्तव्यमा उल्लेख गरेपछि भारतीय पक्षले असन्तुष्टि जाहेर गरेको स्रोतले जनाएको छ ।

देउवाले टेलिफोन वार्तामा कालापानी र लिपुलेकको विषयमा भन्दा पनि समग्र सीमा समस्याका बारेमा चासो व्यक्त गरेको बुझिएको छ ।२१ कार्तिकमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको हस्ताक्षरमा कालापानी र लिपुलेकका सन्दर्भमा शिर्षकमा विज्ञप्ति जारी भएको थियो ।विज्ञप्तिको दोस्रो बुँदामा काँग्रेस सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मंजिव सिंह पुरीसँग कालापानी र लिपुलेकका बारमो टेलिफोन संवाद गरेको उल्लेख छ ।

Kamana Sewa

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सभापति श्री शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसँग यसबारे टेलिफोन संवाद गर्नुभएको छ । नक्शाप्रति ध्यानाकर्षण भएको बताउँदै उहाँले कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेको तथ्य स्मरण गराउनु भएको छ ।’ भारतले जारी गरेको नयाँ नक्शामा कालापानी र लिपुलेक उसको भूभागमा समेटेपछि देशमा चौतर्फी विरोध भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया