• ५ असोज २०८३, सोमबार
  • ५ः५२ बिहान

आज बाट राष्ट्रिय क्रिकेट टोलीको फस्ट क्लास तीन दिवसीय क्रिकेट सुरु

प्रकाशित मिति

२०७६ कार्तिक २० गते, बुधबार १०:२१

काठमाडौं , मेरिलेबोन क्रिकेट क्लब एमसीसी विरुद्व नेपाली राष्ट्रिय क्रिकेट टोलीको फस्ट क्लास तीन दिवसीय क्रिकेट आज बुधबारबाट सुरु हुँदैछ ।

National Life

नेपाल भ्रमणमा रहेका एमसीसीसँग नेपालले पहिलो फस्ट क्लास क्रिकेट खेल्न लागेको हो ।खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेपछि सुरु हुनेछ ।

करिब १४ वर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको छ । सन् २००५ मा नेपालले युएईविरुद्व त्रिवि मैदानमा तीन दिवसीय क्रिकेट खेलेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल भ्रमणमा रहेको एमसीसीले यसअघि नेपालको यू–१९ र राष्ट्रिय टिमसँग एकदिवसीय क्रिकेट खेलेको थियो ।। यू–१९ टिमलाई हराएको एमसीसी सिनियर राष्ट्रिय टिमसँग भने पराजित भएको थियो ।

प्रतिकृया