• ४ असोज २०८३, आइतबार
  • ३ः२८ दिउँसो

कैलालीको घोडाघोडी नगरपालिकाको बोर्ड ,गौरीगंगा नगरपालिकाले हटाएयो

प्रकाशित मिति

२०७६ कार्तिक २० गते, बुधबार १०:११

कैलाली , कैलालीको घोडाघोडी नगरपालिकाको बोर्ड गौरीगंगा नगरपालिकाले हटाएको छ। घोडाघोडी नगरपालिकाले शिवगंगा सामुदायिक वन क्षेत्रमा स्वागत तथा सिमाना बोर्ड राखेको थियो।

National Life

गौरीगंगाकाका जनप्रतिनिधिले मंगलबार बोर्ड हटाएका हुन्। पूर्व–पश्चिम राजमार्गमा नै घोडाघोडी र गौरीगंगा नगरपालिका बिच सीमाना विवाद थियो। गौरीगंगा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरि तिवारी सहितको टोलिले बोर्ड हटाएको हो। वडा अध्यक्ष तिवारीले भने, ‘घोडाघोडीले बोर्ड राखेको क्षेत्र गौरीगंगाको हो। नगरपालिका बिचको सीमाना आमखोया हो।

हामीले बोर्ड आमखोया लिएर राखेका छौ।’ गौरीगंगा नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको आमखोया नाला सम्म आफ्नो सीमा भएको भन्दै बोर्ड लगाएको थियो। तर घोडाघोडी नगरपालिकाले शिवगंगा सामुदायिक वन क्षेत्रमा बोर्ड राखे पछि विवाद भएको हो। घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले गौरीगंगाले कुनै समन्वय नगरेको बताएका छन। ‘बोर्डको बिषयमा कुनै छलफल भएको छैन्। नदिजन्य पदार्थका बिषयमा विवाद देखिएको थियो। हामीले छलफलका लागि आग्रह गरेका थियौ। तर भएको छैन्। बोर्ड हटाएको बिषयमा पनि मलाई जानकारी छैन्।’ मेयर चौधरीले भने।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया