• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

नेता नेपालको ‘नोट अफ डिसेन्ट’ सामान्य र स्वभाविक हो : अध्यक्ष दाहाल

प्रकाशित मिति

२०७६ कार्तिक १९ गते, मंगलवार ०२:०३

बाँके, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा सामान्य र स्वाभाविक प्रक्रिया भएको बताउनु भएको छ । पार्टी कार्यक्रममा सहभागी हुन मंगलबार बाँके पुगेका प्रचण्डले सोमबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नातर्फबाट प्रदेश प्रमुखका लागि नाम प्रस्ताव गरे पनि नपरेपछि नोट अफ डिसेन्ट लेख्नु सामान्य र स्वभाविक नै भएको बताउनु भएको हो ।

दाहालले भन्नुभयो, ‘माधवजीले एक–दुई जनाको नाम पक्कै पनि प्रस्ताव गर्नुभएको थियो । जोड दिनुभएको थियो यो गरौं भन्ने खालले । तर, बैठकले त्यो निर्णय गरेन, यो निर्णय गर्‍यो ।’ नेता नेपालले फरक मत राखे पनि पार्टीको निर्णय मान्दिनँ नभनेको प्रचण्डले बताउनुभयो, ‘उहाँलाई चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य कुरा नै हो, स्वाभाविक प्रक्रिया हो । उहाँले मान्दिनँ भन्नु भएको छैन, मेरो भिन्न मत राख्छु भनेर भन्नुभा’छ,’

Kamana Sewa

सोमबारको सचिवालय बैठकमा नेता नेपालले प्रदेश प्रमुख छान्दा एकलौटी निर्णय भएको र मापदण्ड नपुगेकालाई सिफारिस गरिएको भन्दै नोट अफ डिसेन्ट लेख्नु भएकाृ थियो । प्रदेश प्रमुख निकालेर नयाँ नियुक्त गर्न पार्टीभित्र र सत्तारुढ समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि आफूले छलफल गरेको प्रचण्डले बताउनुभयो ।

Classic Tech Desktop

तीन वर्ष कार्यकाल बाँकी रहँदै प्रदेश प्रमुखहरु हटाएको भनेर कतिपयले सरकारको आलोचना गरिरहेका बेला प्रचण्डले भने नेकपा नेतृत्वको सरकार उदार भएकाले अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताउनुभयो ।

प्रतिकृया