• ४ साउन २०८३, सोमबार
  • ८:०० बेलुका

तीन भिआईपी कैदी डिल्लीबजारको कारागारमा

प्रकाशित मिति

२०७६ कार्तिक १९ गते, मंगलवार १२:४०

काठमाडौं, निवर्तमान सभामुख कृष्ण बहादुर महरा जबरजस्ती करणी उद्योगमा जेल चलान भए पछि डिल्लीबजारको कारागारमा लागिएको छ । महरा लगायत कारागारमा तीन जना भिआईपी कैदी भएका छन् ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महरालाई सदरखोर डिल्लीबजार लगिएको हो । कारागारमा पूर्वआईजीपी रमेशचन्द ठकुरीसँगै महरालाई सदरखोर डिल्लीबजारको ‘क’ ब्लकमा राखिएको बुझिएको छ ।

Kamana Sewa

ठकुरी सुडान घोटालामा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल परेका हुन् । उक्त कारागारमा टिकापुर घटनाका दोषी रेशम चौधरीलाई पनि राखिएको छ। महरालाई जिल्ला अदालतबाट सोमबार बेलुका सदरखोर डिल्लीबजारमा ल्याइएको थियो ।

Classic Tech Desktop

प्रतिकृया