प्रदेश प्रमूख हटाउने निर्णयमाथि नेपाली कांग्रेसले आपत्ति
प्रकाशित मिति
२०७६ कार्तिक १८ गते, सोमबार ०३:५९
काठमाडौं, प्रदेश प्रमूख हटाउने सरकारको निर्णयमाथि नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रदेश प्रमूख हटाउनु राजनीतिक पूर्वाग्रहपूर्ण निर्णय भन्दै यसले सहमतिको राजनीति विथोल्ने नेपाली कांग्रेसको ठहर छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ७ वटै प्रदेश प्रमूखलाई पदमुक्त गनुृ भएको हो । सरकारको यो निर्णयमा प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनको पूर्वसन्ध्यामा प्रदेश प्रमूखलाई पदबाट हटाउनु आचारसंहिता विपरित भएको बताउनु भएको बताउनु भएको छ ।
ट्वीटरमार्फत् सरकारको निर्णय चार कारणले गलत भएको उहाँले जनाउनु भएको छ ।
१) समयको प्राथमिकता अर्कै, सरकारको ध्यान अर्कै्तिर।
२) जरुरी समीक्षा बेगरै पूर्वाग्रहपूर्ण निर्णय।
३) सहमतिको राजनीति थप बिथोल्ने यत्न।
४) निर्वाचन आचारसंहिताको नैतिक हेक्का राखिएन।







प्रतिकृया