• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

पार्टी मुख्यालयमा नेविसंघको प्रदर्शन

प्रकाशित मिति

२०७६ कार्तिक १५ गते, शुक्रबार ०४:५७

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विधान पक्षधर विद्यार्थीहरुले पार्टी मुख्यालय सानेपामा धर्ना तथा जुलुश प्रदर्शन गरेका छन् ।

विधान मिचेर संघको तदर्थ समिति चयन गर्न खोजिएको भन्दै उनीहरुले कडा आपत्ति जनाएका छन् । उनीहरुले ‘विधान मिच्न पाईँदैन्, वृद्धाआश्रम चाहिँदैन्’ भन्ने मूल नारा लगाएका छन् । हातहातमा प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरिरहेका थिए । कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकले आज तदर्थ समिति गठन गर्ने तयारी गरिरहेको बेला विधान पक्षधर विद्यार्थीहरुले यस्तो विरोध गरेका हुन् ।

Kamana Sewa

प्रतिकृया