• १९ भदौ २०८३, शुक्रबार
  • १२ः०५ राती

जापानी व्यापार मन्त्री सुगावाराद्वारा राजीनामा

प्रकाशित मिति

२०७६ कार्तिक ८ गते, शुक्रबार ०४:५२

एजेन्सी, निर्वाचन कानून उल्लंघन गरेको आरोप लागेपछि जापानका नवनियुक्त व्यापारमन्त्री इसु सुगावाराले राजीनामा दिएका छन् ।उनलाई टोकियोका आफ्ना मतदातालाई महँगो फलफूल र गंगटा उपहार दिएको आरोप लागेको छ । उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन अर्थात् १८५ डलर दिन खोजेको समाचार आएको छ ।

यो रकम ठूलो होइन । त्यसमा पनि जापानमा मृतकका परिवारलाई पैसा दिने प्रचलन छ । तर, जापानको निर्वाचन कानूनले राजनीतिज्ञहरूले मतदातालाई चन्दा दिन रोक लगाएको छ । साप्ताहिक पत्रिका शुकान बुन्सुनले निर्वाचन कानूनविपरीत मन्त्री सुगावाराका सहयोगीले एक मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको समाचार प्रकाशित गर्‍यो ।

Kamana Sewa

प्रतिकृया