CANADA तथा USA बाट लागुऔषध नेपाल भित्र्याउने मुख्य करोवारी सहित ३ जना प्रकाउ, ६ किलो ४०० ग्राम गाँजा र ७ किलो चरेश बरामद
प्रकाशित मिति
२०७६ कार्तिक ७ गते, बिहीबार ११:५३
काठमाण्डौ, काठमाण्डौ र पोखराबाट लागुऔषध गाँजा ६ किलो ४०० ग्राम र ७ किलो चरेशसहित ३ जनालाई लागुऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोली विशेष सुचनाको आधारका प्रकाउ गरेको छ ।
कार्तिक ४ गते काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० का ३८ वर्षिय अचुत त्रिपाठीले बोकेको Audio Music System काठमाण्डौँ महानगपालिका–१६ स्थित रहेको Delight होटलमा लगिरहेको अस्थामा चेक जाँच गर्दा १ केजी ४०० ग्राम गाँजा सहित गौरी गाँउबाट उनलाई पक्राउ गरेको व्युरोले जनाएको छ ।
अनुसन्धानको क्रममा उक्त Audio Music System fly Dubai Air को cargo मार्फत भन्सार clearance गरी CANADA हुदै काठमाण्डौ भित्र्यिएको खुलेको छ ।
साथै उक्त करोबारमा संगलग्न Delight होटलका संचालक राजेन्द्र प्रसाद पाण्डेलाई कार्तिक ४ गते काठमाण्डौ महानगरपालिका–१६ पकनाजोलबाट र सुरेन्द्र पाण्डैलाई कार्तिक ५ गते पोखरा महानगरपालिक–६ लेकसाईडबाट पक्राउ गरेको व्युरोले जनाएको छ । Delight होटलमा खानतलासी गर्दा एक थान Audio Music System भित्र लुकाएर राखेको ३ केजी गाँजा र होटलको स्टोर रुमबाट ७ केजी चरेश समेत बरामत भएको व्युरोले जनाएको छ ।
fly Dubai Air को Air Cargo द्धारा सुरेन्द्र पाण्डेको नाममा USA बाट पठाएको Audio Music System शंका लागी चेक जाँच गर्दा उक्त Audio Music System मा २ केजी गाँजा सहित त्रिभुवन अन्तष्ट्रिय विमान स्थित Cargo complex को आयात तर्फको पारवहन गोदमबाट कार्तिक ६ गते बरामद गरिएको थियो ।
अनुसन्धानक्रममा सुरेन्द्र पाण्डे र राजेन्द्र प्रसाद पाण्डेलाई CANADA तथा USAबाट लागूऔषध गाँजा नेपाल भित्र्याउने मुख्य कारोवारी रहेको र उनीहरुले पटक पटक लागुऔषध जाँगाको अबैध कारोवार गरेको खुलेको छ । यसरी लागु औषध गाँजा CANADA तथा USA हुदै नेपालमा भित्र्यिएको मुख्य कारोवारीलाई व्युरोले पहिलो पटक पक्राउ गरेको हो ।
उनीहरुमाथि व्युरोबाट लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको छ ।








प्रतिकृया