• २२ भदौ २०८३, सोमबार
  • ४ः३५ बेलुका

जनकपुरमा गोली हानी एक जनाको हत्या

प्रकाशित मिति

२०७६ कार्तिक ६ गते, बुधबार १२:०७

मातृभूमिन्युज संवाददाता /जनकपुर

National Life

जनकपुरमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । वडा नम्बर १४ मुजेलिया स्थित विद्युत प्राधिकरण नजिकै गोली लागेका ४० वर्षिय मनोज साहको मृत्यु भएको छ । पैसा माग्न जाँदा उनको स्थानीय पंकज चौधरीले गोली हानी हत्या गरेका हुन् । उनीहरूको पहिलेदेखि नै लेनदेन हुने गरेको बताइएको छ ।

मृतक साहको शब परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । दुबैजना निर्माण व्यवसायी रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया