• २३ भदौ २०८३, मंगलबार
  • ६ः०७ बेलुका

कस्तुरीको बीनासहित दुई भारतीय नागरिक पक्राउ

प्रकाशित मिति

२०७६ कार्तिक ६ गते, बुधबार ०१:१९

सिराहा, सिराहाबाट कस्तुरीको बीनासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाको पथरी निवासी २८ वर्षीय ओमकुमार ओम र २७ वर्षीय सत्यमकुमार सिंहलाई कस्तुरीको रहेका छन् । मंगलबार साँझ सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिराहाको बरियारपट्टीबाट बीनासहित दुबैलाई पक्राउ गरेको हो ।

National Life

नेपालबाट भारतर्फ जाँदै गरेको बी आर ३२ वाई २६९५ नम्बरको स्कुटरलाई शंका लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बरामद बीनासहित पक्राउ परेका दुवैलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया