मौसमी रुघाखोकीबाट यसरी बचौँ
प्रकाशित मिति
२०७६ कार्तिक ३ गते, आईतवार १२:००
देशभर तापक्रम घट्दै गरेको छ । यो मौसम भनेको चिसो बढ्ने मौसम हो । यस्तो मौसममा हामीलाई समान्य मौसमी रुघाखोकी लाग्ने सम्भावना रहेको हुन्छ । मौसमी रुघाखोकी सरुवा रोग हो । यो रोग सजिलै एकव्यक्तिबाट अर्को ब्यक्तिमा सर्दछ । जसले गर्दा हाम्रो दैनिकीमा प्रभाव पर्दछ । त्यसैले मौसमी रुघाखोकीबाट जोगिन निम्न उपायहरु अपनाउन सकिन्छ ।
१) खोक्दा वा हाच्छिऊँ गर्दा सफा रुमाल, कपडा वा पाखुराले नाक, मुख छोप्ने

२) बहिरा जाँद धुलो धुँवाबाट जोगिना माक्स लगाउने ।

३ं) साबुनपानीले सफा हुने गरी पटक–पटक हात धुने र सकेसम्म हात नमिलाउने, नमस्कार गर्ने
४) आँखा, नाक तथा मुखमा अनावश्यक हात नलैजाने । जथाभावी नथुक्ने वा सिँगान नफाल्ने ।
५) रुघाखोकी लागेका व्यक्तिले ३–५ दिनसम्म घरमै आराम गरेर बस्ने ।
६) पौष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दाल, तरकारी र गेडागुडीको झोल खाने।
७) चुरोट–रक्सी नखाने ।




प्रतिकृया