• १९ भदौ २०८३, शुक्रबार
  • ९ः११ राती

रुसमा सुन खानीको बाँध भत्कँदा १५ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ कार्तिक ३ गते, आईतवार ११:२४

एजेन्सी , रुसमा सुन खानीको बाँध भत्कँदा १५ जनाको मृत्यु भएको छ । क्रस्नोयारकस्थित सेबा नदीमा शनिबार भएको घटनामा १३ जना हराइरहेका छन् ।

भारी वर्षाका कारण आएको बाढीले कामदारहरु बसेको स्थानसम्म पानी पुग्दा घटना भएको थियो । रुसी समाचारसंस्था तासका अनुसार घटनामा घाइतेलाई अस्पताल पुर्याइएको छ । १४ जना घाइते भएका छन् । विहान सबेरै घटना भएकाले बढी हताहती भएको थियो । बाढीले कामदार बसेको कोठा बगाएको थियो ।

Kamana Sewa

सुनखानीका लागि रिजर्भरका रुपमा बाँधको प्रयोग गरिएको थियो । घटनाबारे छानविन भइरहेको तासले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाको अनुसन्धानको निर्देशन दिइसकेका छन् ।

Classic Tech Desktop

प्रतिकृया