• ६ असोज २०८३, मंगलबार
  • ३ः३७ दिउँसो

दूधको पाउडरलाई कोकिन भनेर जेल सजाय

प्रकाशित मिति

२०७६ कार्तिक २ गते, शनिबार ०१:५६

एजेन्सी, कोकेन विश्वको सबै भन्दा खतरनाक लागुऔषध हो । यसलाई ड्रग्सको राजा पनि भनिन्छ । यसको एकचोटीको सेवनले मानिस ड्रग्सको लतमा पर्छ । त्यस्तै संयुक्त राज्य अमेरिकाको ओक्लाहोमा राज्यका एक युवकलाई कोकेनको तस्करी गरेको भन्दै १५ वर्ष जेल सजाय भएको थियो । युवकलाई दुधको पाउडर जस्तै कोकेनको तस्करी गरेको आरोपमा प्रहरीले हिरासतमा लिएका थिए ।

National Life

कोडी ग्रेग नाम गरेको अमरिकी युवकलाई सबै प्रमाणको आधारमा अदालतले १५ वर्षको सजाय सुनाएको थियो । १२ अगस्त अफिसरले बाटोमा चेक जांचको क्रममा उनलाई रोक्न खोज्दा उनि आफ्नो बाइकलाई उक्त स्थानमा छोडेर भागेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

भागेपछि अधिकारीहरूले उनको झोलामा सेतो पाउडर भेट्टाएको हुँदा यस बारेमा अनुसन्धान सुरु भएको थियो । युवकले उक्त पाउडर कोकेन नभएको जनाएका थिए । थप अनुसन्धानको क्रममा पाउडर दुध पाउडर हो भनेर पुष्टि भए पछि उनलाई १३ अक्टुबरमा अदालतले रिहा गरेका छन् ।

प्रतिकृया