• ४ साउन २०८३, सोमबार
  • ७:०६ बेलुका

विप्लवका २१ जना नेता तथा कार्यकर्ता पक्राउ

प्रकाशित मिति

२०७६ आश्विन ३० गते, बिहीबार ०१:०७

मातृभूमिन्युज संवाददाता/ दाङ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको २१ जना नेता, कार्यकर्ता दाङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन लगायतका नेता तथा कार्यकर्ता रहेका प्रहरी जनाएको छ ।

Kamana Sewa

प्रहरी स्रोतअनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोलास्थित एक जंगलमा पार्टीको आन्तरिक तयारी बैठक गर्दै गर्दा दाङ प्रहरीले नियन्त्रण लिएको प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो । बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार राति १ बजेतिर पक्राउ गरेको हो ।

Classic Tech Desktop

प्रतिकृया