• १८ भदौ २०८३, बिहीबार
  • ६ः४५ बेलुका

नेपालीहरुको महान चाड दशैंमा पनि अभिनेता राजेश हमाललाई कामको चटारो

प्रकाशित मिति

२०७६ आश्विन १७ गते, शुक्रबार ०९:३५

काठमाण्डौ,नेपालीहरुको महान चाड दशैं आम सर्वसाधारणसँगै पर्दामा देखिने सबै कलाकारहरुलाई पनि लागेको छ । तर, अभिनेता राजेश हमाललाई भने यति खेर कामको चटारो छ । राजेश एकपछि अर्को म्यूजिक भिडियोमा व्यस्त छन् ।

Kamana Sewa

टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति सकिएपछि उनी अहिले देश तथा विदेशमा हुने विभिन्न कार्यक्रममा व्यस्त छन् । उनले चलचित्रबाट आफुलाई टाढा राखेर म्यूजिक भिडियो गरिरहेका छन् ।

Classic Tech Desktop

उनको यसपाली दशैं धनकुटामा मनाउने योजना थियो तर लगातार पूर्वतिरको वर्षको कारण उनको त्यो योजना असफल भएको छ । हमला धनकुटा त्यहाँ हुने एक कार्यक्रममा सहभागी हुन जान लागेका थिए । १६ वर्ष अगाडि विजयादशमीको दिन आमाको निधन भएका कारण हमला एकादशीको दिन मात्र टीका लगाउँछन् । उनले विवाहपछि अहिलेसम्म दशैँमा ससुराली नगएपनि ज्वाईंलाई गरिने मानमनितो र स्वागत सत्कार आफूलाई रमाइलो लाग्ने जनाएका छन् ।

प्रतिकृया