• २९ भदौ २०८३, सोमबार
  • ५ः३२ बिहान

चार्डपर्वलाई मध्यनजर गर्दे चोरी अपराध नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम

प्रकाशित मिति

२०७६ आश्विन ९ गते, बिहीबार ०१:१९

भक्तपुर, चार्डपर्वलाई मध्यनजर गर्दे प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समुदाय–प्रहरीको साझेदारीमा मध्यपुर नगरपालिका–३ वडाको कौशलटार, सागबारी, गठ्ठाघरका पछाडिका भित्री क्षेत्र अन्र्तगत चोरी अपराध नियन्त्रण न्युनीकरणको लागि हरियाली तथा अन्तरक्रिय र वृत्ताचित्र देखाउने जनचेतनामुलक कार्यक्रम भएको छ ।

National Life

मध्यपुर नगरपालिका–३ वडा अध्यक्ष प्रेम कुटुले प्रहरीले ल्याएकको यस्ता अभियानलाई सबैले साथ दिइ समाजमा घट्ने अपराध, विकृति तथा विसंगतिलाई अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो ।

मध्यपुर नगरपालिका लगायतका क्षेत्रमा चार्डपर्वमा चोरी, लुटपाटका अपराध जस्ता घटना बढ्ने भएकाले त्यस्ता अपराधका घटनाहरु नियन्त्रण गर्ने उद्धेश्यले कौशलटार, सागबारी, गठ्ठाघरका पछाडिका भित्री क्षेत्रमा वडा अध्यक्ष प्रेम कुटु लगायत प्रहरी, समाजसेवी, बुद्धीजिवी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका व्यक्ति, स्थानिय लगायत तीन सय जना व्यक्तिको सहभागिता रहेको महानरीय प्रहरी वृत्त ठिमीका प्रमुख शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया