• २९ भदौ २०८३, सोमबार
  • ६ः३० बिहान

आईकाओ महासभाः मन्त्री भट्टराईद्धारा सहभागी सबैलाई नेपाल भ्रमणमा आउन आह्वान

प्रकाशित मिति

२०७६ आश्विन ९ गते, बिहीबार १२:५०

काठमाडौँ, पर्यटनमन्त्री योगेश भट्टराईले आईकाओ महासभामा सहभागी सबैलाई नेपाल भ्रमणमा आउन आह्वान गर्नु भएको छ ।

National Life

क्यानडाको मड्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४० औं महासभालाई बुधबार सम्बोधन गर्दै मन्त्री भट्टराईले नयाँ हवाई गन्तव्य वृद्धि गरी २० लाखभन्दा बढी पर्यटक भित्राउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिएको जानकारी गराउँदै मन्त्री भट्टराईले आईकाओ महासभामा सहभागी सबैलाई नेपाल भ्रमणमा आउन आह्वान गर्नु भएको हो ।

उहाँले नेपालको विशिष्टिकृत भौगोलिक बनावट र छिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद पनि केही वर्षदेखि हवाई दुर्घटना हुने दर कम हुँदै गएको बताउनुभयो । मन्त्री भट्टराईले गत महिना नेपालमा आयोजित एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औं सम्मेलनमा सहभागी भइदिएकोमा आइकाओका अध्यक्ष डाक्टर बर्नाड अल्यूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

आइकाओको ७५ औं वर्ष पूरा भएको यस महासभामा १७२ राष्ट्रका १ हजार ८ सय ५० पर्यवेक्षक, ३५० सल्लाहकार, ६६ अन्तर्राष्ट्रिय संघसंस्थाका ३ सय जना गरी करिब २ हजार पाँच सय प्रतिनिधिहरु सहभागी छन् । सेप्टेम्बर २४ देखि शुरु भएको महासभा अक्टोबर ४ सम्म चल्ने छ ।

प्रतिकृया