• ६ असोज २०८३, मंगलबार
  • २ः०८ दिउँसो

अफगानिस्तानमा बम विस्फोट २४ को मृत्यु

प्रकाशित मिति

२०७६ आश्विन १ गते, बुधबार १०:२०

काबुल– अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने लक्षका साथ गराइएको विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मङ्गलबार स्थानीय अस्पताल स्रोतले पारवान प्रान्तको मध्यभागमा भएको घटनामा २४ जनाको मृत्यु भएको र ३२ जना घाइते भएका पुष्टि गरेको छ ।

National Life

पारवान अस्पतालका निर्देशक डा अब्दुल कासिम साङ्गीनले भने, “राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको विस्फोटमा मर्ने तथा घाइते हुनेहरूमा महिला तथा बालबालिकासमेत रहेका छन् ।” विस्फोटका समय राष्ट्रपति घानी भने करिब एक किलोमिटर टाढा रहेका थिए । मोटरसाइकलमा आएको एक व्यक्तिले राष्ट्रपतीय निर्वाचनका लागि घानी सहभागी चुनावी ¥यालीले प्रयोग गर्ने बाटोमा सुरक्षार्थ बनाइएको पहिलो सुरक्षा परीक्षण केन्द्रमा विस्फोट गराएको थियो ।काबुलको मध्यभागमा पनि आजै भएको अर्को एक विस्फोटमा पनि केही व्यक्ति सख्त घाइते भएको जनाइएको छ । यसबारे थप जानकारी आउन केही समय लाग्ने अफगानी गृहमन्त्रीले जानकारी गराएका छन् ।

प्रतिकृया