• ५ असोज २०८३, सोमबार
  • १ः०४ दिउँसो

चीनलाई रिझाउन सरकारले निषेध गर्‍यो हिमालका ७३ क्षेत्र

प्रकाशित मिति

२०७६ भाद्र ३१ गते, मंगलवार ०७:२४

चीनसँग सिमानामा जोडिएका ताप्लेजुङदेखि दार्चुलासम्मका ७३ स्थानलाई नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । चीनसँग सीमा जोडिएका अधिकांश क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेको हो । सरकारले निषेध गरेको स्थानमा निर्वाध हेलिकोप्टर, ड्रोन उडानमा समेत रोक लगाएको छ । गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को निर्णयले ती क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

National Life

२०२१ सालमा हिमाली जिल्लाका केही भूभागमात्रै निषेधित क्षेत्र घोषणा गरिएको भए पनि त्यसलाई विभिन्न कालखण्डमा थप्दै ७३ स्थानलाई निषेधित गरिएको छ । छिमेकी चीनले पटकपटक दबाब दिएका कारण ती क्षेत्रलाई नेपाल सरकारले चीनलाई रिझाउन निषेधित क्षेत्र घोषणा गरेको हो ।
(टपेन्द्र कार्की)
नागरिक दैनिकबाटसाभार

प्रतिकृया