बाँकेमा कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको बिरोधमा ओली र प्रचण्डको पुत्ला दहन
प्रकाशित मिति
२०७६ भाद्र २९ गते, आईतवार ०१:४५
डडेल्धुरा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । आइतबार नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै उहाँको पुत्ला दहन गरेको हो। जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत पुत्ला दहन गरिएको हो।
नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको बिरोधमा ओली र प्रचण्डको पुत्ला दहन गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिनुभयो । उक्त घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गनुपर्ने उहाँको माग छ। उहाँले सभा भइरहेको ठाउँमा चोरेर आक्रमण गर्नुभन्दा स्थान तय गरेर आफूहरु नेकपासँग लड्न तयार रहेको समेत चेतावनी दिनुभयो । जिल्ला सभापति मल्लले प्रजातन्त्रविरोधी क्रियाकपालहरु रोख्न समेत सरकारलाई आग्रह गर्नुभयो ।

बिहीबार नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनुभएका सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले आक्रमण गरेको थियो।







प्रतिकृया