• २६ भदौ २०८३, शुक्रबार
  • ५ः०० बेलुका

लागुऔषध चरेशसहित तीन जना भारतीय पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार ११:२६

काठमाडौँ, विरजञ्जबाट हेटौंडा आउँदै गरेको गाडीबाट लागुऔषध चरेशसहित तीन जना भारतीयलाई पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बिहारका २७ वर्षीया शिवराज सिंह, २४ वर्षीय ज्ञानी कुमार पासवान र २४ वर्षीया राजु महतो रहेका छन् ।

National Life

शनिबार भारतको नम्बर प्लेट भएको कारबाट चरेश ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । बि. आर. ०१ पी एफ ७९९८ नम्बरमा कारको अगाडी एसी रहेको ठाउँमा एउटा बक्स बनाएर लुकाइ छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त ऐनमा १ वर्ष देखि ३ वर्ष सम्म कैद र ५ देखि २५ हजार सम्म जरिवाना हुन सक्ने व्यवस्था उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया