• 3:44 pm

तिलोत्तमामा रेल सञ्चालनको तयारी

प्रकाशित मिति

२०७६ भाद्र २१ गते, शनिबार ०८:०१

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन हुने भएको छ । नगरको चक्रपथमा रेल सञ्चालनका लागि आवश्यक पहल थालिएको छ । नगरपालिका र स्थानीय समुदायको लगानीमा रेल सेवा सञ्चालन गर्ने तयारी गरिएको हो ।

रेल सञ्चालन गर्न ४३ फुट चौडा तिलोत्तममा चक्रपथको १० फुट क्षेत्र रेलमार्गका लागि छुट्याउन नगरपालिकाले पहल गरिरहेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । रेल सेवा वातानुकूलित र अन्तर्राष्ट्रिय मापदण्डको हुने बताइएको छ ।
गोरखापत्र बाट साभार

प्रतिकृया