• ५ असोज २०८३, सोमबार
  • १२ः४५ दिउँसो

शिक्षित र प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै यसरी फस्छन् मानब बेचबिखनको जालोमा

प्रकाशित मिति

२०७६ भाद्र २१ गते, शनिबार ०७:१८

पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौती सिर्जना गरेको पाइएको छ । ओसारपसारको धन्दाका रूपहरू फेरिँदै जान थालेपछि यसले ठूलो चुनौती थपिदिएको हो । यस्ता गतिविधिमा राष्ट्रिय÷अन्तर्रा्ष्ट्रिय गिरोहको सक्रियता र निसानामा शिक्षित तथा प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै पर्न थालेको सरकारी अधिकारीहरूले बताएका छन् ।

National Life

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी, ग्रिन कार्ड, पीआरको प्रलोभनमा परेर राम्रो जीवनशैली र आर्थिक उर्पाजनको बाटो खोजिरहेका शिक्षित वर्गका युवायुवती नै तस्करीको निसानामा पर्ने गरेका छन् ।

ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार यस्ता गतिविधिमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रूपबाट संगठित अपराधीहरूको संलग्नता रहने गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालसमेत मुख्य चुनौती बनेको उनको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

‘हामीले ब्युरो गठन गरेको चार महिनाको अवधिमा भारत, लिबिया, इराक, ग्रिस, केन्या, इन्डोनेसियालगाायतका देशबाट २६० जनाको उद्धार गरिसकेका छौं ।’ संगठित गिरोहले विभिन्न प्रलोभन तथा बहनामा उनीहरूलाई विभिन्न देशमा पु¥याएको एसपी थपलियाले बताए ।
(केशवप्रसाद पाण्डे)
राजधानी दैनिकबाट साभार

प्रतिकृया