• 12:16 am

अवैध रुपमा लुकाएर ल्याएको सुन सहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र १९ गते, बिहीबार ०४:०६

काठमाडौं, अवैध रुपमा लुकाई छिपाई ल्याएको ४ सय ८२ ग्राम सुन सहित राहदानी नम्बर ०८३८१५३९ वाहक सन्तोष कुमार नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयर लाइन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका नेपालीलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र भन्सार कार्यालयको संयुक्त टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो ।

साथै उक्त सुन संकलन गर्न आएका सुजन बहादुर घले समेतलाई प्रहरीले पक्राउ गरेको छ । दुवैजनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यलयले जनाएको छ ।

प्रतिकृया