• ३१ भदौ २०८३, बुधबार
  • ४ः५५ बेलुका

‘अपराध महाशाखाको प्रहरी हुँ’ भन्दै रकम असुल्न खोज्ने २ जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र १९ गते, बिहीबार ०३:३६

काठमाडौं, ‘अपराध महाशाखाको प्रहरी हुँ’ भन्दै डर धम्की दिई अवैध रुपमा रकम असुल्न खोज्ने २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेहरुमा काठमाडौं सामाखुशी बस्नेहरु तेह्रथुम आठराई गाउँपालिका–१ घर भएका २७ वर्षीय भक्त बहादुर लिम्बु र ताप्लेजुङ ताप्लेथोक गाविस–८ घर भएका ३१ वर्षीय हिमाल लिम्बु रहेका छन् ।

काठमाडौं स्वयम्भू गैरीगाउँ बस्ने धर्म गुरुलाई उनीहरुले अपराध महाशाखाको असई हुँ भनी डर–धम्की दिई अवैध रुपमा रकम असुल गर्न खोजेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले भक्तलाई काठमाडौं हलचोक र हिमाललाई काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया